पहिरोमा परेर श्रीमान श्रीमती बेपत्ता

श्रावण ६, २०७७ | पुर्वी नवलपरासी

पुर्वी नवलपरासीको बुलिङटार गाउंपालिका २ मा पहिरोले घर बगाउदा एक दम्पत्ति बेपत्ता भएका छन् । घरमै सुतिरहेको अवस्थामा गएराति माथिबाट खसेको पहिरोले ७० वर्षिय शेर बहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो । 

स्थानीयले अहिले पहिरो हटाएर बेपत्ताको खोजि गरीरहेका छन् । लगातार पानी परिरहेकाले उद्धारमा कठीनाइ भएको बुलिङटार गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । 

विकट पहाडी भेग भएकाले प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल तर्फ प्रहरी खटाईएपनि खराब मौसमका कारण समयमै पुग्न नसकको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी मोहन बहादुर खाडंले बताउनुभयो ।


प्रतिक्रिया