नेकपामा आज पनि नेताहरु आन्तरिक छलफलमा

श्रावण १२, २०७७ | काठमाडौं

स्थायी कमिटी बैठक स्थगित गरी आन्तरिक विवाद समाधानको प्रयास थालेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आज पनि दुई अध्यक्षले आन्तरिक छलफललाई जारी राख्ने भएका छन् । भोली बस्ने स्थायी कमिटी बैठक अघि नै विवाद अन्त्यको पहलस्वरुप दुबै पक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।

पार्टीभित्रबाटै स्थायी कमिटी बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने आवाज उठ्न थालेपछि दबाबमा परेको नेतृत्वले आन्तरिक छलफललाई तिब्र पारेका हुन् । केहि दिनयता प्रभावशाली मन्त्रीसंग छलफल गर्दै आएका प्रधानमन्त्री ओलीले आफु निकटका स्थायी कमिटी सदस्यसंगको संम्बादलाई जारी राखेका छन् ।

शीर्ष तहको छलफलमा सहमतीको संभावना न्युन देखिएपछि दाहाल–नेपाल पक्षका नेताहरु भने स्थायी कमिटी बैठकलाई अघि बढाउन दबाव दिईरहेका छन् । बरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीचको छलफलमा सहमती भएपनि नभएपनि भोलीको बैठक सञ्चालन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'अब पनि पार्टी कमिटीलाई बन्धक बनाउनु हुदैन । भोली ११ बजे तय भएको बैठक निरन्तर हुन्छ । बैठकले जे निर्णय लिन्छ, त्यसैका आधारमा पार्टी अघि बढ्छ ।'

नेकपा संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले शीर्ष तहमा सहमतीको प्रयास जारी रहेको बताउनुभयो । नेम्वाङले भन्नुभयो, 'सबै खाले विकल्पमा छलफल जारी छ, आज दिनभर सहमतिको प्रयास जारी रहन्छ ।'

उहाँले सहमति जुटाउने भन्दा घान हाल्नेहरु बढि सक्रिय देखिएकाले विवाद फरक स्वरुपमा अघि बढेको भन्दै देखेसो पोख्नुभयो ।

आन्तरिक छलफल जारी राखेपनि आज ओली र दाहालबीचको छलफलबारे भने औपचारिक जानकारी नभएको दाहालको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया