२ चिकित्सक सहित थप १५ जनामा कोरोना

श्रावण १३, २०७७

पर्साको विरगन्जमा थप २ चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा पर्साका १३ जना, बारा र इलामका एक एक जनामा संक्रमण पुष्टि भएको हो । 

परीक्षणमा एक महिला सहित २३ वर्ष देखि ५६ वर्ष उमेर समूहका १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । संक्रमितमध्ये एक जना थुनुवा समेत रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

संक्रमित दुई चिकित्सक नारायणी अस्पतालमा कार्यरत हुन् । दुई जना चिकित्सक एक संक्रमितको कन्टयाक्ट ट्रेसिङमा आएपछि स्वाब संकलन गरि परीक्षण गरिएको थियो । १५ जना संक्रमित मध्ये ५ जना कन्टयाक्ट ट्रेसिङको क्रममा पोजेटिभ पाइएका हुन् ।स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार दुई जना संक्रमितको ट्राभल हिस्ट्री भारत भएको पाइएको छ । 

वारा–पर्सा औद्योगिक कोरिडोरका एक उद्योगमा कार्यरत ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । विरजन्जमा संक्रमण दर तिव्र भएपछि पिसीआर परीक्षण गराउने संख्या पनि बढ्दै गएको नारायणी अस्पतालले जनाएको छ ।


प्रतिक्रिया