कालिकोटमा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु

श्रावण ३०, २०७७ | कालिकोट

कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएराति करिब 

साढे १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिदा ४ बालबालिका ६ जनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक डीएसपी श्यामलाल ओलियाले जनाएको दिनुभयो । मृतक सबैको सनाखत हुन बाँकी छ । प्रहरी बिहानै घटनास्थल पुगेर शव निकालेको छ । 


प्रतिक्रिया