पहिरोले पुरिएर २ बालकको मृत्यु

श्रावण ३१, २०७७ | बागलुङ

लगातारको बर्षातपछि खसेको पहिरोमा परेर बागलुङको निसीखोलामा दुई बालकको मृत्यु भएको छ । 

गएराती २ बजेतिर खसेको पहिरोले निसीखोला गाउँपालिका वडा नं. ५ का हिराबहादुर बिकको घर पुर्दा दुई बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

पहिरोमा परेर हिराबहादुरका छोरा १४ बर्षीय बिरेन्द्र बिक र मामाघर आएका नाती ६ बर्षीय प्रवेश बिकको मृत्यु भएको हो । 

हिराबहादुरकी श्रीमती दिलसरा गम्भिर घाइते भएकी छन् । उनलाई उपचारकालागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्दार गरेका थिए । घटनास्थल सदरमुकाम देखि १ सय ३० किलोमिटर पश्चिममा पर्छ । 


प्रतिक्रिया