नेपालगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

भाद्र १०, २०७७ | बाँके

बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगर १ का ३७ बर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

फोक्सोको समस्याका कारण गत सोमबार अस्पताल भर्ना भएका उनको हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । १ सय ८० जनाले आईसोलेनसमा उपचार गराईरहेका छन् । 


प्रतिक्रिया