वीपी प्रतिष्ठानमा थप १ कोरोना संक्रमितको मृत्यु

भाद्र १२, २०७७ | धरान

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ ८ घण्टाको अवधीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाकाअनुसार झापाको दमक नगरपालिका ३ का ८३ बर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणबाट आज विहान पौने चार बजे मृत्यु भएको हो । ती वृद्धमा ज्वरो, खोकीसँगै स्वाप्रश्वासमा समस्या आएपछि विर्तामोडको बिएण्डसी टिचिङ हस्पिटलमा भर्ना भएका थिए ।

 सो अस्पतालले कोरोना संक्रमणको आशंका गरेर धरानस्थित वीपी प्रतिष्ठानमा रिफर गरेको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा भदौ ३ गते भर्ना भए लगतै पिसिआर जांज गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृगौलामा समस्या देखिएका उनी नियमित डायलायसिस गाउँदै आएका थिए । उनीमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्तकोशिका को पनि समस्या थियो ।

मृतकको शव व्यव्स्थापनका लागि पहल भइरहेको प्रतिष्ठानले जनाएको छ । सोही अस्पतालमा हिजो साँझ सिराहाको सिराहा नगरगरपालिका १ का ५५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो । 


प्रतिक्रिया