वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा एक वृद्धको मृत्यु

भाद्र १३, २०७७

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ बर्षीय वृद्धको गएराती मृत्यु भएको छ । सिराहाको भदैया ६ बस्ने वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार ज्वरोसहित अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते प्रतिष्ठानको इमर्जेन्सी कक्षमा ल्याइएको वृद्ध पुरुषलाई मेडिसिन वार्डमा भर्ना गरिएको थियो । 

भदौ ७ गते उनको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृगौलाको समस्याबाट पिडित उनी लामो समयदेखि डायलाइसिस गर्दै आएका थिए । 

यो सहित प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु हुने कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि शुक्रबार मात्र ३ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया