वीरगन्जका थप ३ कोरोना संक्रमितको मृत्यु

भाद्र १३, २०७७ | पर्सा

पर्साको वीरगन्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १२ मुर्लीका ६५ वर्षीय महिला, वीरगन्ज– १२ का ४३ वर्षीय पुरुष र वीरगन्ज– २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

मनियारीका ३७ वर्षीय पुरुषलाई गएराति थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौँ रिफर गरिएको थियो । गम्भिर विरामी उनको आज विहान मुग्लिङ नजिकै बाटोमै मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । 

 यस्तै वीरगन्ज– १२ का ४३ वर्षीय कोरोना संक्रमितको पनि गएराति १२ बजेतिर मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । हेपाटाइटीस बि र एचआइभीका विरामी रहेका ती पुरुष हिजो साँझ नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल भर्ना भएका थिए ।

यस्तै हिजो साँझ साढे ५ बजेतिर वीगन्ज– १२ मुर्ली निवासी ६५ वर्षीय महिलाको पनि नारायणी अस्पतालमा मृत्यु भएको छ उच्च रक्तचाप रहेकी ती महिलामा वाइड जिन एक्सर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिनुभयो ।


प्रतिक्रिया