वीरगन्जमा उपचाररत बाराका संक्रमतिको मृत्यु
भाद्र १६, २०७७ | पर्सा
नारायणी अस्थाई गण्डक कोरोना अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत बाराका एक संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।
नारायणी अस्पतालका प्रबक्ता डा.अतुलेश चौरसियाका अनुसार बारा कोल्भीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार विहान ४ बजेर ५० मिनेटमा आइसीयूमा मृत्यु भएको हो । गत भदौ १० मा ती पुरुष गण्डक कोरोना अस्पतलामा भर्ना भएका थिए ।
मधुमेहका रोगी ती संक्रमति पुरुषमा पछिल्लो समयमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।
‘सीपीएपी मेसिनमा राखेर उपचार भइरहेको थियो,’ डा.चौरसियाले भन्नुभयो, ‘विहान ती संक्रमित पुरुषको मृत्यु भयो ।’