पर्सा र बारामा थप ६४ जनामा कोरोना

भाद्र १७, २०७७ | पर्सा

बारा र पर्सामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप बाराका ५० र पर्साका १३ जनामा संक्रमण पुष्टि भएको हो । 

४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ जना महिला सहित ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । 

पर्साको बहुदरमाई नगरपालिकामा ८ र वीरगञ्जमा ४ जना संक्रमित थपिएका छन् । एक जना संक्रमित गण्डक अस्पतालका हुन् । यसैगरी बारा कलैया उपमहानगरपालिकाको विभिन्न वडामा ५० जनामा कोरोना पुष्टि भएको डा.चौरसियाले जानकारी दिनुभयो ।


प्रतिक्रिया