प्रहरी र सुरक्षाकर्मी सहित थप ४५ जनामा कोरोना

भाद्र १९, २०७७ | पर्सा

१० जनामा कन्टयाक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण देखिएको हो । नारायणी अस्पतलाका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार १० महिला सहित १८ वर्ष देखि ४५ वर्षका ४५ जनामा कोरोना पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा थप १९ जना संक्रमित थपिएका छन् ।

वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । पर्साको कालिकामाई गाउँपालिकाको वडा एकमा दुईजना र वडा ३ मा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिका– ४ मा दुईजना र वडा ५ मा एकजनामा कोरोना देखिएको छ । 

पटेर्वासुगौली गाउँपालिकाको निचुटा हेल्थ पोस्टका एक स्टाफमा संक्रमण देखिएको छ । वाराको निजगढ नगरपालिकाको विभिन्न वडामा १४ जना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय निजगढका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । निजगढमै रहेको कामना विकास बैंकका एक कर्मचारीमा पनि कोरोना देखिएको छ ।

सशस्त्र प्रहरी बल पिलुवाका दुईजना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । राष्टिय वाणिज्य बैंक कलैयाका ३ जनामा कोरोना पुष्टि भएको छ । 


प्रतिक्रिया