बाराकी कोरोना संक्रमित महिलाको वीरगन्जमा मृत्यु

भाद्र ३०, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । 

आईसीयूमा उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ बर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । ती महिला हिजो विहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । 

प्रवक्ता डा.चौरसियाका अनुसार जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह र उच्च रक्तचाप समेत भएको कोरोना संक्रमित महिलाको अस्पताल भर्ना भएको ८ घन्टामा मृत्यु भएको डा.चौरसियाले जानकारी दिनुभयो । 


प्रतिक्रिया