बारा र रौतहटका २६ जनामा कोरोना

भाद्र ३०, २०७७ | पर्सा

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण देखिएको छ । 

हिजो २ सय ९० जनाको स्वाब परीक्षण गर्दा रौतहटका २३ र बाराका ३ जनामा कोरोना देखिएको हो । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार २ जना महिला सहित २६ जनामा संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार रौतहटको गरुडा स्थित राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकका ४/४ जनामा कोरोना देखिएको हो ।

सशस्त्र प्रहरी हजमिनियाका दुई र गरुडा इलाका प्रहरी कार्यालयमा एकजना संक्रमित थपिएका छन् । गरुडा नगरपालिकाका ९, माधवनारायण नगरपालिकाका २ र चन्द्रपुर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । प्रवक्ता डा.चौरसियाका अनुसार हिजोको परीक्षणमा वाराको जीतपुर सिमरा उपमहानगरपालिकाका २ र परसौनी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । 


प्रतिक्रिया