कोरोनाका कारण एक जनाको मृत्यु

आश्विन ५, २०७७ | नेपालगन्ज

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित सुर्खेतको जिल्ला कारागारका एक कैदीबन्दीको बिहान साढे ५ बजे मृत्यु भएको हो । 

सुर्खेतको गुर्भाकोट नगरपालिका—४ सहारेका ४९ वर्षीय पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो । उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ २२ गतेदेखि भेरी अस्पताल नेपालगञ्जको आइसोलेसनमा भर्ना भएका उनीमा दमको समस्या रहेको श्रेष्ठले बताउनुभयो । 

उनलाई बाँके कारागारको सहयोगमा उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो । यो सहित नेपालगन्जमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । 


प्रतिक्रिया