वीरगन्जमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

आश्विन ५, २०७७ | पर्सा

वीरगन्जमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहट नगरपालिका– १ का ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– ६ रेशमकोठीका ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । 

त्यस्तै वीरगन्जको नगवामा नेशनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थाई कोभिड अस्पतालमा उपचाररत वाराको कलैया उपमहानगरपालिका– १३ बलिरामपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएपछि गएराति संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।

त्यस्तै, वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ७८ वर्षीय वृद्धको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ३१ गते अस्पताल भर्ना गरिएको थियो । 


प्रतिक्रिया