नेपालमा कोरोना भाइरसका संक्रमित ७० हजार नाघे

आश्विन ९, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरसका कुल संक्रमित संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट एक हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् । हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ७३ दशमलव ४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया