माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच भोलि एकता हुने
कार्तिक १८, २०८२ | काठमाडौं
आन्तरिक विवादकाबीच माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दल र समूहबीच भोलि एकता हुने भएको छ । एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रिय तहबाट अनुमोदन गरेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, ने.क.पा. माओवादी समाजवादी र ने.क.पा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो ।
माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा गरिने जानकारी दिनुभयो । एकीकृत पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यक्रमलाई अघि बढाउने भएको छ ।









