दोलखामा गएको हिम पहिरोमा परेर ७ जनाको मृत्यु

कार्तिक १७, २०८२ | काठमाडौं

दोलखामा गएको हिम पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका ९ स्थित यलुङ रि हिमाल आरोहणका लागि गएका १५ जनाको टोली मध्ये ७ जनाको मृत्यु भएको हो ।

हिम पहिरोमा परेर ४ जना बेपत्ता छन् भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा ५ जना विदेशी र २ जना नेपाली प्रर्यटक रहेको प्रहरीले जनाएको छ । ३ जना अमेरिकी, १ जना क्यानडीयन र १ इटलीयन नागरीकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोका अनुसार यहि कर्तिक ११ गते सो हिमाल आरोहणका लागि गएका उनीहरु आज विहान साढे १० को हिमपहिरोमा परेका हुन् ।

पहिरोमा परेकाहरुको उद्दारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भएपनि मौसमा देखिएको खराबीका काराण समस्या भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया