रास्वपा सभापति लामिछानेसँग बयान लिन सुरु

कार्तिक १९, २०८२ | काठमाडौं

जेन–जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सिंहदरबार नै बोलाएर आयोगले बयान लिएको हो । आयोगको टोली कैदीबन्दी भागेको र कागारभित्र भएको तोडफोड र आगजनीबारे बुझ्न हिजो नख्खु पुगेको थियो । आयोगले आइतबार नख्खु कारागारका प्रमुख सत्यराज जोशीको समेत बयान लिएको थियो ।

आयोगले रास्वपा सभापति रवि लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साहसहित कैदीबन्दीका बारेमा प्रश्न सोधेको थियो । झन्डै दुई घण्टा बयान दिएका प्रमुख जोशीले भदौ २४ को बिहानैदेखि नख्खु कारागारमा त्यस दिन तोडफोड र आगजनीको प्रयास भएको बताउनुभयो । संयमता अपनाउँदा अपनाउँदै पनि स्थिति काबुबाहिर गएको उनले बयान दिएको आयोगका एक सदस्यले जानकारी दिए । 


प्रतिक्रिया