आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक २, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । काठमाण्डौं उपत्यकामा थप १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । 

२४ घण्टामा १४ हजार ८ सय ७५ पीसीआर परीक्षण भएका छन् । योसंगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ पीसीआर परीक्षण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । 

सक्रिय संक्रमित ३९ हजार ३ सय ४१ रहेका छन् । देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।


प्रतिक्रिया