बाँकेमा कोरोनाले ३ जनाको मृत्यु

कार्तिक २२, २०७७ | नेपालगञ्ज

कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । 

बाँके राप्ती सोनारी शम्सेरगन्जकी ४८ बर्षिया महिलाको भेरी अन्चल अस्पतालमा र दाङ तुलसीपुरका ७६ बर्षिय पुरुष र कैलाली टिकापुरकी ५६ बर्षिया महिलाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । तीन जनाकै गएराति एक घण्टाको फरकमा मृत्यु भएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार जिल्लामा हालसम्म बाँकेका २६ जना र बाहिरी जिल्लाबाट उपचारार्थ बाँके पुगेका ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  


प्रतिक्रिया