बाँकेमा कोरोनाले ३ जनाको मृत्यु

कार्तिक २५, २०७७ | बाँके

बाँकेमा कोरोना भाइरस संक्रमित थप ३ जनाको मृत्यु भएको छ । 

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएका बर्दिया ठाकुरद्धारा नगरपालिकाका २९ बर्षीय पुरुष, भेरी अस्पातलमा उपचारार्थ भर्ना भएका दाङ घोराहीका ६४ बर्षीय पुरुष र वेष्टर्न अस्पताल नेपालगन्जमा भर्ना भएका बर्दिया बाँसगढीका ३५ बर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।  


प्रतिक्रिया