गण्डकी प्रदेशमा कोरोनाबाट थप ३ जनाको मृत्यु

मंसिर १२, २०७७ | पोखरा

गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीनैजना पोखराका हुन् । मृत्यु हुनेमा पोखरा–२ का ५९ वर्षीय पुरुष, पोखरा–३२ की ६६ वर्षीया महिला र पोखरा–७ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो ।

 पुरुषको बिहीबार बेलुकी चरक मेमोरियल अस्पतालमा निधन भएको हो । यसैगरी ६६ वर्षीया महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्की महिलाको पनि शुक्रबारै गण्डकी मेडिकल कलेजमा निधन भएको निर्देशनालयले जनाएको छ । मंसिर ५ मा कोरोना पुष्टी भएका पुरुषमा मिर्गौला र मधुमेहको समस्यासमेत थियो । यसैगरी मंसिर ५ मै कोरोना पुष्टी भएकी ६६ वर्षीयामा निमोनिया र मधुमेहको समस्या रहेको निर्देशनालयले जनाएको छ ।

 मंसिर ८ मा कोरोना पुष्टी भएकी ७६ वर्षीयामा न्यूमोनिया देखिएको थियो । योसंगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ । 


प्रतिक्रिया