मोरङमा गोली हानी प्राचार्यको हत्या

मंसिर २३, २०७७ | मोरङ

मोरङको मिक्लाजुङ गाउँपालिका १ रमिते खोला स्थित सरस्वती आधारभूत विद्यालयका प्राचार्य राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको छ । 

आज विहान घरमा आएका पाँच जनाको समुहले श्रेष्ठलाई सुतिरहेकै अवस्थाबाट लगेर हत्या गरेका हुन । घरदेखि करिव एक किलोमिटर टाढा बर्खे र सेलेलिङको वीचको जंगलमा टाउकोमा गोली लागेको अवस्थामा शव फेला परेको गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । 

घटनामा संलग्नहरुको भने पहिचान हुन सकेको छैन । यद्यपी उनलाई विप्लप नेतृत्वको नेकपा कार्यकर्ताले अपहरण पछि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनास्थल रमितेलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया