बालबिवाह गर्न लागेका बेहुला मण्डपबाटै पक्राउ

मंसिर ३०, २०७७ | रौतहट

रौतहटको गरुडा नगरपालिका ५ स्थित शिव मन्दिरमा बालबिवाह गर्न लागेका एक युवक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 माधोनारायण नगरपालिका ६ की १५ बर्षिया बालिकासँग विवाह गर्न लागेका इशनाथ नगरपालिका –३ औरैयाका २२ वर्षीय युवक मुकेश गिरीसहित उनका आफन्तलाई मण्डपबाटै आज पक्राउ गरिएको ईलाका प्रहरी गरुडाका डिएसपि रवि रावलले बताउनुभयो ।

 पक्राउ पर्नेमा मुकेशसहित उनका बुबा रामसागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवे छनन् । गरुडा प्रहरीका अनुसार पक्राउ परेकालाई सदरमुकाम गौर स्थित जिल्ला प्रहरी कार्यलयमा पठाईसकिएको छ । 


प्रतिक्रिया