इजरायली प्रधानमन्त्रीले गरे आईसीसीका अभियोजकप्रति निन्दा
जेष्ठ ८, २०८१ | काठमाडौं
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का अभियोजकप्रति निन्दा गर्नुभएको छ ।
गाजामा भइरहेको द्वन्द्वमा युद्ध अपराधको आरोपमा हमासका नेतासँगै प्रधानमन्त्री नेतान्याहुलाई पनि आईसीसीका प्रमुख अभियोजक करिम खानले गिरफ्तार गर्न खोजेपछि उहाँको त्यस्तो प्रतिक्रिया आएको हो ।
उहाँले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्यारा भन्दै हमाससँग तुलना गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच कुनै समानता नभएको बताउनुभएको छ ।