नागार्जुन जंगलमा डढेलो, निभाउने प्रयास जारी

चैत्र २९, २०७७ | काठमाडौं

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको नागार्जुन जंगलमा बिहानदेखि लागेको भीषण डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । डढेलो विस्तारै वस्ती तर्फ सर्न थालेपछि नेपाली सेनाले नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरेको छ ।

 माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दैछ । सेनाको महेन्द्र दल गणका ७६ जना अग्नी नियन्त्रक टोली तीन वटा दमकलसहित प्रभावित क्षेत्रमा खटिएका छन्् । यस्तै, डढेलो नियन्त्रणका लागि सेनाले हेलिकप्टरको प्रयोग पनि गरेको छ । 

बिहान साढे ९ बजेर देखि लागेको डढेलो नियन्त्रणका लागि नेपाली सेनाको टोली साढे ११ बजेदेखि खटिएको हो ।सैनिक मुख्यालयका अनुसार डढेलो लगभग नियन्त्रणमा रहेको छ ।   


प्रतिक्रिया