सत्तासमीकरणका विषयमा दलहरुबीच अन्यौल कायमै

चैत्र २९, २०७७ | काठमाडौं

नयाँ सरकार गठन गर्ने/नगर्ने विषयमा पार्टीमा आन्तरिक सहमति हुन नसक्दा दलहरुमा सकस बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको विकल्प खोज्न सत्तासमीकरणको ढोल पिटेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रमा आन्तरिक विवाद चुलिएका बेला सत्तासमीकरणको प्रक्रिया नै अन्यौलमा परेको छ । 

 संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक कलहमा अलमलिदा जनता समाजवादी पार्टी (जसपा) पनि निष्कर्ष विहिन भएको छ । सत्तासमीकरण र आगामी १४ औं महाधिवेशनका विषयमा छलफल गर्न बसेको कांग्रेस नेताहरुको बैठकमा सभापति शेरबहादुर देउवा, विरिष्ठ नेता रामचन्द्र पौडेलनै उपस्थित नभएपछि बैठक टुंगिन सकेन । बैठकमा बसेका अधिकांस नेताहरु निर्णयमा नपुग्दै बाहिरिए ।

यता: सत्तासमीकरणका विषयमा ठोस सहमित जुटाउन बसेको जसपा शीर्ष नेताहरुको बैठक विषय बस्तुमै प्रवेश नगरि टुंगियो । बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनमा सहभागि बन्ने भन्नेमा .विवाद हुदा आन्तरिक छलफल गर्ने भन्दै आजको बैठक निष्कर्षबिहिन बनेको हो । पार्टीमा आन्तरिक छलफल गर्ने सहमति भएको बरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभयो । त्यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने सार्वजनिक कार्यक्रममा अभिव्यक्ती दिएका माओवादी केन्द्रका अध्यक्ष आन्तरिक काममा व्यस्त रहदा प्रक्रिया अघि बढ्न सकेको छैन ।


प्रतिक्रिया