बिषाक्त मदिरा पिएका ४ जनाको मृत्यु, २ गम्भिर

श्रावण ५, २०७८ | बाग्लुङ

विषाक्त मदिरा सेवनका कारण बाग्लुङको गलकोट नगरपालिका–७ मल्मस्थित एक खानेपानी आयोजनामा कार्यरत ४ मजदुरको मृत्यु भएको छ । २ जना गम्भिर बिरामी परेका छन् ।

घरेलु मदिरा पिएर सुत्न हिडेका रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ का ३० बर्षीय प्रविन घर्ती, ५१ बर्षीय रेखबहादुर राना, २१ बर्षीय दिपेन्द्र पुन मगर र ३९ बर्षीय दुधबहादुर रानाको आज बिहान मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । मदिरा सेवन गरेका गम्भिर बिरामी परेका उनीहरुलाई गएराति नै धौलागिरि अस्पतालमा पुर्‍याइएको थियो ।

बिहान साढे ४ बजे अस्पताल पुर्‍याउदा उनीहरुको मृत्यु भैसकेको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । गम्भिर बिरामी भएका २६ बर्षीय रबिन्द्र पुन र ३८ बर्षीय खेमराज घर्तीको धौलागिरी अस्पतालमा उपचार भैरहेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो । घटना बारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया