पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

श्रावण १५, २०७८ | काठमाडौं

कोरोनाको दैनिक संक्रमणदर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 ९ हजार ७ सय ८३ पीसीआर परिक्षणबाट २ हजार ४ सय ६७ जनामा र ४ हजार ८ सय ७८ एन्टिजेन परिक्षणबाट १ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १९ दशमलव ३ प्रतिशतका दरले संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेको दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा संक्रमणका कारण ज्यान गुमाएका २७ जना थपिएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । नेपालमा संक्रमणका कारण हुने मृत्युको दर हाल १ दशमलव ५ प्रतिशत रहेको छ । हालसम्म ३७लाख ७९ हजार ९ सय ३२ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने १६ लाख २१ हजार ७ सय ५४ जनाले खोपको दुवै मात्रा लिइसकेको मन्त्रालयले उल्लेख गरेको छ । 


प्रतिक्रिया