न्यायालयको विवादमा राजनीतिक दल तटस्थ बस्नुपर्छ : उपेन्द्र यादव

कार्तिक २३, २०७८ | भैरहवा

जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायालयमा देखिएको विवादका विषयमा राजनीतिक दलहरु तटस्थ रहनु पर्ने बताउनु भएको छ । 

रुपन्देहीको सूर्यपुरामा हुने पार्टीको कार्यक्रमका लागि आज भैरहवा पुगेका अध्यक्ष यादवले सर्वोच्च अदालत तथा प्रधानन्यायाधीशको विषयमा राजनीतिक दलहरु तटस्थ रहनु पर्ने बताउनु भएको हो । 

न्यायालयको मामलामा राजनीति गर्नु नहुने भन्दै उहाँले राजनीतिक दलको प्रवेशले न्यायालयमा अवस्था झनै जटिल हुने बताउनुभयो । तर, प्रधानन्यायाधीश प्रकरण र सर्वोच्च अदालतमा भइरहेका पछिल्ला घटना क्रम भने अशोभनिय रहेको टिप्पणी गर्नुभयो । 

यस विषयको निकासका लागि न्यायाधीशहरु विद्वान रहेको र समाधानको बाटो अदालत आफैले निरुपण गर्ने जसपा अध्यक्ष यादवले बताउनुभयो । राजनीति र न्यायिक क्षेत्रको आ–आफ्नै क्षेत्राधिकार रहेको र क्षेत्राधिकारलाई पार गर्न दिन नहुने उहाँको भनाइ थियो ।


प्रतिक्रिया