प्रधानमन्त्रीले सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै

पुस २१, २०७८

अर्थतन्त्रको पछिल्लो अवस्था र सार्वजनिक सेवाबारे प्रधानमन्त्री शेरवहादुर देउवाले सवै मन्त्रालयका सचिवहरुसंग आज छलफल गर्दैहुनुहुन्छ । राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजनाहरु, सरकारी सेवा प्रवाहमा चुस्तता तथा पुजीगत खर्च सम्वन्धमा प्रधानमन्त्री देउवाले सचिवहरुसंग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

छलफल सिंहदरवारमा अपरान्ह ३ वजेपछि हुदैछ । अन्तरमन्त्रालयगत समन्वय हुन नसक्दा विकास निर्माणमा अपेक्षाकृत परिणाम आउन नसकेको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री देउवाले सवै मन्त्रालयका सचिवसंग छलफल गर्न लाग्नुभएको हो । गठवन्धन सरकारको साझा न्युनतम कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्ने सम्वन्धमा पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुहुने बताईएको छ ।

कोभिड १९ विरुद्धको खोप कार्यक्रम, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लिएको लक्ष्यको प्रभावकारी कार्यन्वयन गराउने सम्वन्धमा पनि प्रधानमन्त्रीको चासो रहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 


प्रतिक्रिया