पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

पुस ३०, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४ हजार २ सय ४ र एन्टीजेनबाट ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ६ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाण्डौंमा ७ हजार ६ सय २५, ललितपुरमा १ हजार २ सय ५१ र भक्तपुरमा एक हजार ९ सय ३५ गरी काठमाण्डौं उपत्यकामा १० हजार ८ सय ११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

मूलुकभर भने सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया