कोरोना संक्रमणको जोखिम बढेपछि खोप कार्यक्रम स्थगित

माघ १०, २०७८

चिकित्सक एवं स्वास्थ्यकर्मीनै कोरोना संक्रमित भएपछि काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले खोप कार्यक्रम स्थगित गरेको छ । खोप कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएको भन्दै खोप कार्यक्रम अस्पतालले १ साताका लागि स्थगित गरेको हो । अस्पतालले जारी गरिइएको विज्ञप्तिमा, विरामीको उपचार र कोभिड १९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, एवं अन्य कर्मचारीहरु ५० जना भन्दा बढी संक्रमित भएकाले आज देखी आगामी आइतबारसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

यसैविच, ललितपुर महानगरपालिकाले पनि आफ्ना अधिकांश कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै आज देखी आगामी शुक्रबार सम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरेको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाई, नगरप्रहरी बाहेकका सेवाहरु आगामी शुक्रवारसम्म बन्द गरिएको जनाउनुभएको छ ।    


प्रतिक्रिया