टेकुमा कोरोना विरुद्धको खोप अभियान पुन सुरु

बागलुङस्थित विद्यालय तहका बालबालिकालाई खोप लगाईदै । तस्बिर: प्रकाश बराल/रेडियो कान्तिपुर । 

माघ ११, २०७८

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमण विरुद्धको खोप कार्यक्रम आजदेखि पुन: संचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा तथा नेपाल रेडक्रस सोसाइटी, काठमाडौं शाखाबाट जनशक्ति व्यवस्थापन हुने भएपछि अस्पतालमा खोप कार्यक्रम पुन संचालन हुने भएको हो ।

यसअघि खोप कार्यक्रममा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीनै संक्रमित भएपछि अस्पतालले हिजो देखी आगामी शुक्रबारसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको थियो । खोप कार्यक्रम बिहान १० बजेदेखी सुरु हुने अस्पतालले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण विरुद्धको मोर्डेना खोप आज नेपाल ल्याइदैछ । विश्व स्वास्थ्य संगठन अन्तर्गत कोभ्याक्स सुबिधामा सहुलियत दरमा खरिद गरिएको ४० लाख मध्ये २३ लाख मात्रा खोप नेपाल ल्याउन लागिएको हो । यस अघि हिजो साँझ १६ लाख ६० हजार डोज खोप नेपाल ल्याइएको थियो ।

सो खोप १२ देखी १७ वर्ष उमेर समुहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मन्त्रालय अन्तर्गतको आपुर्ती तथा व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताउनुभयो । मोर्डेनाको खोप कार्यक्रम ५७ वटा जिल्लामा संचालन गरिएको छ । 


प्रतिक्रिया