पल शाह निर्दोष छन् : किशोरी

वैशाख ७, २०७९ | पूर्वी नवलपरासी

आफुलाई अभिनेता पल शाहले बलात्कार भन्दै मुद्धा दर्ता गरेकी किशोरीले दुइसातापछि पूर्वी नवलपरासीको जिल्ला अदालतमा शाहले बलात्कार गरेकै होइनन् भनेकी छन् । अदालतमा आज दिएको बकपत्रमा गैंडाकोटमा एक वर्ष अघि फिल्मी गित छायांकनका क्रममा राती आफू होटल संचालककी १३ बर्षिया छोरीसंग बसेको बताएकी छन् । 

त्यो दिन पल शाह आफ्नो कोठामा नआएको पनि उनले उल्लेख गरेकी छन् । अदालतमा दिएको बकपत्रमा आफ्ना बाबुले पत्रपत्रिका र अन्य मिडियामा आएका समाचारका आधारमा पलशाहले आफूमाथि यौन हिंसा गरेको भन्ने यस अघिको बयानमा सत्यता नरहेको दावी गरेकी छन् । पल शाह निर्दोष रहेको, कुनै गल्ति नगरेकाले निराधार आरोप लगाउन नमिल्ने उनको भनाई थियो । किशोरीले आफुले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाएतापनि वास्तविकता त्यस्तो नभएको दावी गरेकी छन् ।


प्रतिक्रिया