बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

जेष्ठ ४, २०७९

बझाङको जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चेतराज बजाल र उपमेयरमा नेकपा (माओवादी केन्ऽ)का रतनबहादुर सिंह निर्वाचित हुनुभएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित बजालले ४ हजार ९ सय ७० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत ल्याउनुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो नगरपालिकामा ७४ मतान्तरले एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै, उपमेयर पदमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का सिंहले ४ हजार ६ सय २७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार जमुना चन्दले ३ हजार ३ सय ९१ मत ल्याउनुभयो ।


प्रतिक्रिया