हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्री खाँणको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

असार ११, २०७९ | काठमाडौं

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिनुभएको छ । मन्त्री खाँणले आज सम्बन्धित निकायका प्रमुख र सुरक्षा निकायका प्रमुख समेतलाई बोलाएर सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । 

गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिनुभएको थियो । मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भए/नभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरुको अवस्थाबारे सजग र सचेत रही जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो । 


प्रतिक्रिया