मादी हत्या काण्डका दोषीलाई आजीवन काराबास

असार २१, २०७९

अघिल्लो वर्षको भदौमा संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाका दोषीलाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगरपालिका–१ उमलिङका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन कारावास फैसला सुनाइएको हो । 

हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावासको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले आज ५ जनालाई कसुरदार ठहर गदैं सो फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले बताउनुभयो । मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपुर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको उहाँले बताउनुभयो । 

हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनका परिवारका सदस्यको हत्या भएको थियो । 


प्रतिक्रिया