राष्ट्रिय सभाको अधिवेशन आव्हानका लागि सरकारको सिफारिस
पुस २८, २०८२ | काठमाडौं
सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठक संघीय संसद् सचिवालय सिंहदरबारमा माघ ४ गते बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनपछि पहिलो पटक बैठक बस्न लागेको हो । यस्तै, बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन समेत स्वीकृति दिएको छ ।
यस्तै, बैठकले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।









