इरानमा रहेका नेपाली नागरिकलाई सतर्कता अपनाउन परराष्ट्र मन्त्रालयको आग्रह
पुस २९, २०८२ | काठमाडौं
सरकारले इरानमा रहेका नेपाली नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले इरानमा विकसित घटना क्रमको विषयलाई लिएर त्यहाँका सम्बन्धीत निकायले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशनको पूर्ण पालाना गर्दै सतर्क रहन भनेको हो ।
त्यहाँ रहेका नेपालीलाई मन्त्रालयले घरभित्रै रहन, सतर्कता अपनाउन तथा आवश्यक सावधानी अवलम्बन गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाली नागरिकलाई त्यहाँको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा काठमाडौँस्थित परराष्ट्र मन्त्रालय वा दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।









