रसुवागढी नाका खुल्यो

भाद्र ३०, २०७९ | रसुवा

चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका आज बिहानबाट खुलेको छ । कोभिड १९ नियन्त्रण गर्न तिब्बतमा भएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुले संगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ । तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले श्रावण २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । 

निर्यातमा रोक लगाए पछि दशैं र तिहारका लागि आयात गरिएको व्यापारीका करोडौं मुल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड र कोभिड प्रोटोकलको सम्पुर्ण तयारी पुरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । उहाँका अनुसार आज बिहान ७ वटा कन्टेनर सामान आयात भएको छ । 


प्रतिक्रिया