डेंगी संक्रमणका कारण थप दुई जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९

नेपालमा डेंगी संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन यता डेंगी संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ । असोज महिनाको १३ दिनमा मात्र २५ जनाको संक्रमणकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो पटक थप ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । ७६ जिल्लामा फैलिएको संक्रमणका कारण हालसम्म २८ हजार १ सय ९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया