बारा १ मा मन्त्री चौधरीलाई पराजित गर्दै एमालेका मैनाली विजयी

मंसिर ९, २०७९ | बारा

बारा निर्वाचन क्षेत्र नम्बर १ मा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै नेकपा एमालेको पोलिटब्यूरो सदस्य अच्यूत मैनाली विजयी भएका हुनु भएको छ । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई मैनालीले ९ हजार १ सय ३९ मतको फराकिलो मतान्तरले पराजित गर्नु भएको हो । 

चौधरी यस क्षेत्रबाट २ पटक चुनाव जित्नु भएको हो । मैलालीले यस अघि २०७४ मा मन्त्री चौधरीसित साढे दुई हजार मतले पराजित हुनुभएको थियो । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएर विजयी हुनुभएको हो । मैनाली जसपाको गबन्धनबाट उम्मेदवारी दिनुभएको हो ।

 २०३८ देखि उहाँ राजनीतिमा प्रवेश गर्नु भएको हो । नेपाल ल क्याम्पस काठमाडौंका उहाँ स्ववियू सभापतिसमेत हुनुहुन्थ्यो । तत्काली प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७४ मा मैनाली ओलीका जनसम्पर्क सल्लाहकार पनि हुनुहुन्थ्यो । 


प्रतिक्रिया