समानुपातिक तर्फ मतान्तर बढाउँदै एमाले

मंसिर १२, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा भने मतान्तर बढाउँदै लगेको छ । ९३ लाख ८४ हजार ४ सय ३ मतगणना भएकोमा एमाले २५ लाख ४८ हजार ५ सय ९१ मतसहित शीर्ष स्थानमा छ । 

प्रत्यक्षतपर्फ अग्रस्थानमा रहेको कांग्रेस समानुपातिकमा भने २४ लाख १३ हजार ५७ मतसहित दोस्रो स्थानमा रहेर एमालेलाई पछ्यारहेको छ । त्यस्तै १० लाख ७७ हजार ९ सय १७ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा रहदाँ राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६५ हजार ५ सय २० मतका साथ चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४६ हजार ४ सय ८८ मतका साथ पाँचौ स्थानमा छ । छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी जसपाले ३ लाख ३५ हजार १५ मत ल्याएको छ । त्यसैगरि थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न जनमत पार्टी र नेकपा एकीकृत समाजवादीले संघर्ष गरिरहेका छन् ।

जनमत पार्टीले २ लाख ७६ हजार १ सय ४४ मत ल्याउँदा एकीकृत समाजवादीले पछिल्लो विवरण अनुसार २ लाख ५४ हजार ७ सय १० मत ल्याएको छ । 


प्रतिक्रिया