पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७९

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अबस्था गम्भिर छ । 

दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट करिब डेढ सय मिटर तल खसेको हाम्रा सहकर्मीले जनाएका छन् । दुर्घटनामा परि होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । मृतक सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका स्थानिय हुन् । 


प्रतिक्रिया