बाजुरामा रोकिएको मतगणना सुचारु

मंसिर १६, २०७९

गणनाका क्रममा मुुचुल्कामा रहेभन्दा बढीमत पाइएपछि उत्पन्न विवाद सुल्झिएपछि गणना सुचारु भएको छ । उम्मेदवार तथा दलका प्रतिनिधिहरुको समझदारीमा गणना पुन: सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ४० मत बढी भेटिएको एमालेको दावी थियो भने प्रदेश सभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढि पाइएको थियो दावी कांग्रेस कार्यकर्ताहरुले गरेका थिए । निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्रि गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो । 


प्रतिक्रिया