निर्वाचन कानूनमा सुधार गर्नुपर्छ : निर्वाचन आयोग

मंसिर १६, २०७९ | काठमाडौं

निर्वाचन आयोगले वर्तमान निर्वाचन कानूनमा सुधार गर्नुपर्ने बताएको छ । कानुनका कारण कतिपय विषयलाई थप प्रष्ट पार्न नसकिएको भन्दै छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको गर्नुपर्ने आयोगको भनाइ छ । 

काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी संसदमा नयाँ कानूनको मस्यौदा पेश गर्ने तयारी भएको बताउनुभयो । उहाँले अहिलेको कानुनले राजनीतिक संस्कारलाई थप सुधार गर्न नसक्ने भएकाले त्यसमा परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

थपलियाले सबैको सहयोगमा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले नेपालमा भएका चुनावी परिवर्तनले अझै राजनीतिक दलमा संस्कारको विकास हुन नसकेको बताउनुभयो ।

२०४८ सालदेखि नै निर्वाचन थप खर्चिलो र भड्किलो हुदै गएको उहाँको भनाई थियो । 


प्रतिक्रिया