रामेछापमा विवाह भोज खाएका ३४ जना विरामी

मंसिर २७, २०७९ | रामेछाप

रामेछाप नगरपालिका ५ रामपुरको साईटारमा विवाहको भोज खाएपछि ३४ जना विरामी परेका छन् । जिल्ला अस्पताल रामेछापका अनुसार विरामी परेका मध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

 अन्य २० जना शहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा पुगेका विरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सबै विरामीमा बान्ता हुने, पेट दुख्ने लगायतका समस्या देखिएको छ ।

 रामपुरको साईटारका प्रदिप मगरको विवाह भोजमा सरिक मध्ये अधिकांशमा सो समस्या देखिएको छ । विवाह भोज खाएर विरामी परेका अन्यको घरमै पुगेर डा.मनोज यादवको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेको छ ।  


प्रतिक्रिया